रौतहट । रौतहटको राजपुर नगरपालिकामा रहेको नहरमा एक महिलको शव फेला परेको छ । राजपुर नगरपालिका-३ स्थित डमारबाट फुतवा जाने बाटो छेउमा रहेको नहरको पानीमा महिलाको शव फेला परेको हो ।
मृतक परोहा नगरपालिका ५ की २४ वर्षिया मुस्कान खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरिक्षक बसन्त गौतमले बताए । आज बिहान स्थानियले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवलाई पोष्टमार्टमका लागी प्रादेशि अस्पताल गौरमा पठाएको प्रहरी नायब उपरिक्षक गौतमले बताए । घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।
