चितवन । चितवनको भरतपुर अस्पतालमा अनलाइनबाट नै टिकट र रिर्पोट लिन सकिने भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ण्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बिरामीले ओपीडी टिकट र रिर्पोटका लागि लाइनमा बस्नु नपर्ने गरी तयारी अगाडि बढाइएको जानकारी दिएका छन् ।
टिकट रिर्पोट भेन्डिङ मेसिन (प्क्ष्इक्) मार्फत टिकट काट्न र रिर्पोट लिन सकिने उनले जानकारी दिए । अस्पतालले हाल दुईवटा मेसिन यसका लागि तयार गरेको छ । मोबाइल वा कम्प्युटरबाट टिकट काट्न, विवरण लिन, पेमेन्ट गर्न सक्ने व्यवस्था गरिएको छ ।
