२१ साउन, काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक बढेको छ ।
मध्याह्न १२ बजे गरिएको मापनअनुसार बहाव प्रतिसेकेन्ड दुई लाख नौ हजार ५१० क्युसेक पुगेपछि कोसी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ। कोसी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।
बहाव डेढ लाख क्युसेकभन्दा बढेपछि सुरक्षा सतर्कता अपनाउन ब्यारेजका २८ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन् ।
