काठमाडौं । गएको सोमबारदेखि लगातार घटेको सुनको भाउ आज भने सामान्य बढेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ भने ५० रुपैयाँले घटेको छ । आज चाँदी भने तोलामा ५० रुपैयाँले घटेर तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी २ सय ५० रुपैया बढेर ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।
