काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले आज सार्वजनिक सूचना जारी गरी योग्यता पुगेका इच्छुक उम्मेदवारलाई दरखास्त दिन भनेको हो । दरखास्त दिने म्याद आजदेखि १० दिनसम्म छ ।
अध्यादेशबाट विश्वविद्यालयका तत्कालीन उपकुलपति पदमुक्त भएपछि नयाँ उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाइएको हो । यसअघि १९ जेठमा बसेको केयूको सभाले शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो । कमिटीमा केयूका पूर्वउपकुलपति प्रा।डा। सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य छन् ।
