काठमाडौं । आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १ सय २० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ सय २० रुपैयाँले बढेर तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि हिजो पनि सुनको भाउ बढेको थियो । हिजो सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँले बढेको थियो ।
