काठमाडौं । हिजो र अस्ति समान भाउमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ३ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार ३ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि तोलामा ८५ रुपैयाँले घटेको छ । हिजो तोलाको ५ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ८५ रुपैयाँ घटेर तोलाको ५ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
