काठमाडौं । आज दिउँसो कोशीदेखि लुम्बिनी प्रदेशसम्म हावाहुरी चल्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागले आज बिहान सूचना जारी गर्दै हावाहुरी चल्ने जानकारी दिएको हो । हावा हुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।
विभागका अनुसार आज हावा हुरीबाट प्रभावित हुने जिल्लाहरु यी हुन्–
कोशी प्रदेशः झापा र मोरङ सहित आसपासका जिल्ला
मधेश प्रदेशः बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला
बागमती प्रदेशः मकवानपुर र चितवन सहित आसपासका जिल्ला
गण्डकी प्रदेशः नवलपुर र तनहुँ सहित आसपासका जिल्ला
लुम्बिनी प्रदेशः रुपन्देही सहित आसपासका जिल्ला ।



