????????, ?? ?????? ????? ??????????? ????????? ??? ????? ???? ?????? ????? ????????? ????? ?????? ??????????? ????? ?????? ????? ??????????? ????????? ??? ????? ???????? ???? ? ?????? : ????????? ????/????
२८ बैशाख, काठमाडौँ । नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य एवं संसदीय दलकी नेता कमला पन्तले प्रधानमन्त्री बालेन शाहले अध्यादेश र अंकगणितको दम्भ देखाएर सक्षम महिलामाथि जघन्य हिंसा गरेको आरोप लगाउनुभएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै नेता पन्तले प्रधानन्यायाधीश सिफारिस प्रक्रियामा प्रधानमन्त्रीले बहुमतको अहंकार प्रदर्शन गरेको बताउनुभएको हो ।
प्रधानमन्त्री शाहले विगतमा आफ्नै परिवारसँग जोडिएको घटनामा सामाजिक सञ्जालमार्फत देखाएको संवेदनशीलताको स्मरण गराउँदै पन्तले अहिले अर्को सक्षम महिला न्यायाधीशको अपमान गरेकोमा गम्भीर आपत्ति जनाउनुभयो । ‘वरिष्ठता र क्षमताका आधारमा अघि बढ्नुपर्ने महिला न्यायाधीशमाथि जुन प्रकारको प्रहार गरिएको छ, यो अध्यादेश र अंकगणितको आडमा गरिएको जघन्य महिला हिंसा हो,’ पन्तले भन्नुभयो ।
उहाँले परिवर्तनको नारा दिएर आएको सरकारले पहिलो गाँसमै अध्यादेशमार्फत संवैधानिक परिषद्को कार्यविधिमा पुरानै विकृतिलाई उछिन्ने गरी चलखेल गरेको आरोप समेत लगाउनुभयो ।
सर्वोच्च अदालतको गरिमा र न्यायिक निष्पक्षतामाथि प्रधानमन्त्रीले प्रहार गरेको उल्लेख गर्दै पन्तले यो अभ्यासले नेपाली न्याय क्षेत्रको आकाशमा दीर्घकालीन गलत धब्बाको बीजारोपण गरेको दाबी गर्नुभयो । सक्षम महिलालाई किनारा लगाएर गरिएको यो निर्णयले समग्र महिला जगतको चित्त दुखेको भन्दै उहाँले सरकारको नियतमाथि प्रश्न उठाउनुभएको छ ।



