२६ वैशाख वीरगंज । पर्सागढी नगरपालिका को बढनियार मा आज दोस्रो सप्ताह पनि “घरदैलो मा डाक्टरहरुको” कार्यक्रम सम्पन्न भएको छ,प्रभु होस्पिटल बिरगंज को सहकार्य र जुनतारा बचत सहकारी संस्थाको आयोजना मा भएको उक्त कार्यक्रममा 190महिला र 60 जना पुरुष सहित जम्मा 250 जना को निशुल्क स्वास्थ्य चेक जाँच,सुगर कीट द्वारा सुगर चेकजाच एवं निशुल्क औषधि बितरण कार्यक्रम सम्पन्न भएको छ।
गरिव बिपन्न र पहुच नभएको बिरामी जो हस्पिटल सम्म पुग्न नसक्ने अवस्था मा छन ती बिरामी कै घरदैलो मा पुगि उपचार परामर्श दिने गरि यस्ता कार्यक्रम को आयोजना गरिएको हो।स्थानीय बलिराम शुक्लाको समन्वय र जुनतारा सहकारी कि अध्यक्ष मन्जु छेत्रीको अध्यक्षतामा प्रभु हस्पिटलकि सन्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ताको प्रमुख आतिथ्य मा भएको कार्यक्रममा वरिष्ठ फिजिसियन डा.रवि रन्जन साहको विशेष उपस्थितिमा चेकजाच परामर्श भएको थियो।
साथै यस कार्यक्रम मा विशेष पहल गर्नु भएको पत्रकार एवं सामाजिक अभियान्ता बलिराम सुक्ला ज्यु ले अगामी दिन मा यस्ता कार्यक्रम लाई निरन्तरता दिइ सहकार्य गर्ने बताउनु भयो।
उक्त कार्यक्रमका प्रमुख दिलिप राज कार्की ले हस्पिटल व्यवसायिक रुपमा मात्र नभई सेवा मुखी हुने गरि जनता सङ्ग हातेमालो गर्नु पर्छ भनेर यस्ता कार्यक्रम को आयोजना गरिरहेको र गरिरह्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बिकट र दुर्गम क्षेत्र मा हस्पिटल र सहयोगी महिला अगुवाहरु ले आयोजना गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष मन्जु क्षेत्रीले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो।
उक्त कार्यक्रममा दिर्घ रोगी,जेष्ठ नागरिक एवं महिला सम्बन्धी गम्भीर रोगको बिरामी लाई अगामी उपचारमा हस्पिटल ले थप सहयोग र सेवा गर्ने प्रतिबद्ध रहेको पनि डा लक्ष्मी थापाले जनाउनु भएको छ।डा.लक्ष्मी थापाले प्रभु हस्पिटलले अगामी हप्ताहहरुमा अन्य दुर्गम र पिछडिएको ठाउँ मा पुगि यस्ता किसिम को घरदैलो शिविर सन्चालन गर्ने कार्यक्रमको निरन्तरता रहने जानकरी दिनु भयो।
