सिरहा । सिरहाको मिर्चैया नगरपालिका–९ भगवानपुर टोलमा चट्याङ लाग्दा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् घाइते भएका छन् ।
आईतबार राति करिब साढे १० बजे परेको चट्याङले करिब ३० वर्षीया रंजितादेवी सदाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। चट्याङ लागे पनि उनको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।
घटनामा उनका श्रीमान् ३५ वर्षीय मिथिलेश सदा घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाबारे मृतकका माइती पक्षलाई जानकारी गराइसकेको जनाएको छ।



