वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण क्षेत्रहरुमा ज्वरो र रुघाखोकीको बिरामीहरूको सङ्ख्या बढ्दै गईरहेको छ । मौसममा परिवर्तन आएर गर्मी बढेसँगै ग्रामीण क्षेत्रमा बिरामीहरुको सङ्ख्यामा पनि वृद्धि हुँदै गइरहेको छ ।
अहिले मधेश प्रदेशको जिल्ला पर्सा क्षेत्रका बालबालिकादेखि वृद्धवृद्धा ज्वरो आउने, रुघाखोकी, पखाला लाग्ने, वाकवाकी लाग्ने र शरीर दुख्ने लगायतका रोगबाट ग्रसित छन् । बिरामीको सङ्ख्यामा वृद्धि आएपछि स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरूमा उपचार गराउन पुग्नेहरुको भीड बढेको चिकित्सहरु बताउँछन् ।
लामो समयदेखि वर्षा नहुँदा गर्मी अत्याधिक बढेर ग्रामीण क्षेत्रमा मौसमी बिरामीहरूको सङ्ख्यामा वृद्धि भएको छ । बालबालिकादेखि वृद्धवृद्धालाई अहिले ज्वरो आउने, पखाला लाग्ने, वाकवाकी लाग्ने र शरीर दुख्ने गरेपछि उपचारको लागि आउने गरेको उनको भनाइ छ । उनले मनतातो पानी पिउन, झोलिलो खानेकुरा बढी मात्रामा खान, भीडभाडमा नजान र स्वास्थ्यकर्मीको सल्लाह अनुसार औषधी सेवन गर्न सुझाएका छन् ।



