वीरगञ्ज । वीरगञ्ज महानगरपालिका का प्रमुख राजेशमान सिंहले संघिय सरकारले दिने बजेटमा विभेद गरिएको आरोप लगाउनु भएको छ । सार्वजनिक लेखा समितिको संसदीय टोली समक्ष प्रमुख सिंहले वीरगञ्ज महानगरपालिका ले भरतपुर महानगरपालिका भन्दा पनि धेरै कम बजेट आईरहेकोले अगामी बजेटमा न्यायोचित बजेट विनियोजन गरिदिन आग्रह गर्नु भएको छ । उहाँले भरतपुर महानगरमा ३९० करोड र वीरगञ्ज महानगरपालिकाले मात्र ११५ करोड बजेट पाउनु दुखद रहेकोले सार्वजनिक लेखा समितिको ध्यानाकर्षण गराउनु भएको छ ।
संघिय सासंद रामकृष्ण यादवले वीरगञ्ज माथि भैरहेको विभेद प्रति सार्वजनिक लेखा समितिले संसद् छलफल गर्ने तथा सरकार लाई लिखित निर्देशन दिने बताउनु भयो । प्रतिनिधि सभा सार्वजनिक लेखा समिति संघिय सासंद रामकृष्ण यादवको संयोजकत्वमा स्थलगत अनुगमन गर्न वीरगञ्ज आएको संसदीय टोली ले स्थानिय तह सित अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रिया मा प्रतिनिधि सभा सदस्यहरु रामकृष्ण यादव, अमरेश कुमार सिंह , प्रदीप यादव , देव प्रकाश तिमिल्सिना , प्रभु हजरा , वीरगञ्ज महानगरपालिका का प्रमुख राजेशमान सिंह , प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, प्रहरी उपरिक्षक कुमोध ढुङ्गेल लगायतको सहभागिता रहेको थियो ।
