काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले जितेका छन् । २९१४२ मत ल्याएर बम कांग्रेस सभापतिको प्रभाव रहेको क्षेत्र काठमाडौं–४ बाट विजयी भएका हुन् ।
बमका प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सिनाले ८८२४ मत ल्याएर दोस्रो भए । त्यस्तै, एमाले उम्मेदवार राजन भट्टराईले ५७३३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुरेन्द्रराज भण्डारीले २०२५ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका इन्द्र भुसालले ६५७ मत ल्याएका छन् ।
