काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ शुक्रबार भने बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार दुई सय रूपैयाँ पुगेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा पाँच हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६० रूपैयाँ बढेको हो।
