काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा चुनावका लागि पेश भएको समानुपातिकको बन्दसूचीमा नाम भएका व्यक्तिहरूलाई नाम फिर्ता लिन चाहेमा निवेदन दिन आग्रह गरेको छ ।
नाम फिर्ता लिन चाहनेहरूले भोलि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सक्ने निर्वाचन अधिकृत कृष्णबहादुर राउतले निकाल्नुभएको सूचनामा उल्लेख छ ।
आयोगले दलहरूलाई बन्दसूची सच्याउन आजसम्म समय दिएको थियो । दलहरूले नयाँ सूची बुझाएपछि आयोगले नाम फिर्ता लिन चाहनेहरूका लागि सूचना निकालेको हो ।
