काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज फेरि कीर्तिमानी कायम गरेको छ । आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो ।
जुन हालसम्मकै उच्च हो । यसअघि पुस १३ गते पनि सुनको सोहि मूल्यमा कारोबार भइरहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २१० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो ।
