काठमाडौं । प्रहरीले खैरो हेराइनसहित काठमाडौं महानगरपालिका–७ स्थित चाबहिलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएर चाबहिल बस्ने ३२ वर्षीय विशाल राई र सुनसरीको कोशी गाउँ पालिका–२ घर भएका २४ वर्षीय दयानन्द यादव छन् ।
चाबहिलस्थित एक गेस्ट हाउसबाट पक्राउ परेका आरोपीहरूको साथबाट ३५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बिहीबार गेस्ट हाउसमा खैरो हेरोइन डिल गर्दै गरेको अवस्थामा भेटिएका उनीहरूको साथबाट प्रहरीले डिजिटल तराजु पनि बरामद गरेको छ ।
