बीरगज । नेपालमा पछिल्लो समय नक्कली नोटको कारोबार तीव्र रूपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले गम्भीर चासो व्यक्त गरेको छ। राष्ट्र बैंकले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नक्कली नोट पहिचान, वित्तीय ठगी तथा साइबर अपराधबाट बच्ने उपायहरू सार्वजनिक गरेको हो।
राष्ट्र बैंकका अनुसार विशेषगरी रु. १ हजार दरका नोटहरू नक्कली भेटिन थालेका छन्। प्रारम्भिक अवस्थामा सीमित संख्यामा देखिएको समस्या अहिले क्रमशः ठूला कारोबारसम्म फैलिन सक्ने जोखिम देखिएको बैंकले जनाएको छ। नक्कली नोट कसरी चिन्ने बारे राष्ट्र बैंक बीरगज साखाका कर्मचारी नरेश सरार्फले पत्रकार सम्मेलनमा राष्ट्र बैंकले नक्कली नोट चिन्ने प्रमुख उपायहरूबारे जानकारी दिएका हुन ।
नक्कली नोटमा —
सुरक्षा धागो र वाटरमार्क स्पष्ट नदेखिने
कागजको गुणस्तर कमजोर हुने
अक्षर र रंग फिक्का देखिने
UV वा Blue Light मा सुरक्षा चिन्ह नदेखिने
जस्ता लक्षण देखिने सरार्फले बताए राष्ट्र बैंकले बैंक, वित्तीय संस्था तथा ठूला व्यापारीहरूलाई Fake Note Detector Machine प्रयोग गर्न समेत आग्रह गरेको छ।
नक्कली नोट प्रयोग गर्नेलाई कडा कारबाही हुने समेत बैंकका निर्देशक
राष्ट्र बैंकले जानाजानी वा नजानिँदो रूपमा नकली नोटको कारोबार गरे कानुनी कारबाही हुने स्पष्ट पारेको छ। यस्तो नोट भेटिएमा तत्काल नजिकको बैंक वा सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको छ।

साइबर ठगी र बैंकिङ सुरक्षामा पनि चेतावनी
पत्रकार सम्मेलनमा साइबर ठगी, अनलाइन स्क्याम, OTP तथा पासवर्ड चोरीका घटना बढ्दै गएको विषय पनि उठाइएको छ।
राष्ट्र बैंकले नागरिकलाई —
Username, Password, Transaction PIN, OTP कसैलाई नदिन
शंकास्पद फोन, इमेल वा लिंकमा क्लिक नगर्न
सामाजिक सञ्जाल तथा मोबाइल एप्समा अनावश्यक Permission नदिन
एउटै Password धेरै ठाउँमा प्रयोग नगर्न
आग्रह बैंक का निर्देशक सुनिल पौडेल ले गरेका हो ।
मोबाइल र इमेल सुरक्षा अत्यावश्यक
राष्ट्र बैंकका अनुसार मोबाइल र इमेल ह्याक भएमा बैंक खातासम्म जोखिम पुग्न सक्छ।
इमेल सुरक्षित राख्न दुई तहको सुरक्षा (Two-Factor Authentication) प्रयोग गर्न र समस्या आएमा तुरुन्त Password तथा PIN Reset गर्न सुझाव दिइएको छ।

राष्ट्र बैंकको आग्रह
नकली नोट, वित्तीय ठगी र साइबर अपराधबाट बच्न नागरिक स्वयं सचेत हुनुपर्ने भन्दै राष्ट्र बैंकले सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गरेको छ।



