पर्सा १ पुस । पर्साको बहुदरमाई नगरपालिका वडा नं ५ भौराटाड मा आज निशुल्क आँखा शिबिर सम्पन्न भएको छ। तीन दिने निशुल्क आँखा शिबिर मा ५५१४ जना आँखा को बिरामी हरु को चेकजाँच गरेको थियो । सो मध्ये ४६३ जना मा मोतियाबिन्द को बिरामी फेला परेको ले उक्त मोतियाबिन्दा का बिरामी हरु को शल्यक्रिया ९अप्रेसन० भौराटाड मा तीन दिन सम्म केम्पिंग गरि शल्यक्रिया गरेका छन।
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं को प्राबिधिक ,र बहुदरमाई नगरपालिका वार्ड नं ५ भौराटाड,र जनमुखी युवा क्लब भौराटाड को संयुक्त आयोजनामा ३दिन सम्म चलेको निशुल्क आँखा शिबिर सम्पन्न भएपछी तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ का प्राबिधिक टिम हरु लाई आज एक समारोह का बिच विदाई गरेको थियो। बिदाई कार्यक्रम मा विशिष्ठ अतिथि वार्ड ५ भौराटाड का वडाअध्यक्ष सुनिल महतो कोइरी क्लब का अध्यक्ष शिवशंकर साह , तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ का प्राबिधिक डाक्टर प्रशान्त ,एलिना गौचन,हेमन्त झा,दिपती पौडेल,को सहभागिता रहेको थियो। कार्यक्रम मा सचिव रामप्रबेश मण्डल स्वागत मन्तव्य रामबाबु साह शसस्त्र प्रहरी बल बागेश्वरी तित्राउना का प्रमुख तिलगंगा का प्रतिनिधि डाक्टर समाजसेवा लगायत को उपस्थिति रहेको थियो।
कार्यक्रम संचालक दुलारचन प्रसाद साह राम्रो काम गरेको लाई प्रशंसा तथा सम्मान पत्र प्रदान गरिएको थियो। । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौ ,वडा नं ५ भौराटाड,र जनमुखी युवा क्लब को संयुक्त टिमले ६ वटा पालिका हरु मा स्केनिंग शिबिर चलाएर मोतियाबिन्द बिरामी निकाले को थियो सखुवाप्रसौनी,जगरनाथपुर,धो्बीनी,छिपहरमाई,पकहामैनपुर ,बहुदरमाई समेत मा चेकजाँच गरि तीन दिन सम्म केम्पीग गरि अप्रेसन गरि, औषधी,चसमा लगायत समाग्री हरु निशुल्क बितरण गरिएको थियो।



