काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार घटेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ७ सय रुपैयाँले मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८८५ रुपैयाँ तय भएको महासंघले जनाएको छ ।



