काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार बिहीबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार सुन प्रतितोला दुई लाख ३७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला २० रूपैयाँले बढेको छ । बुधबार दुई हजार ९ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार तीन हजार १० रूपैयाँ पुगेको हो ।
