आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले देशलाई निकास दिनुको सट्टा दिशाहीन बनाउँदै लगेको आरोप लगाएका छन् ।
उनले भने, “सरकारको हुती हेरेर नै भदौ २३ गते जेन–जी आन्दोलनमा युवामाथि नरसंहार मच्चाउने केपी ओलीजस्ता अधिनायकवादीहरू अहिले टाउको उठाउन थालेका छन्।
शनिबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै साहले वर्तमान सरकारले निर्वाचन गराउने म्यान्डेट लिएर बनेको भए पनि अब त्यसबाट भट्किँदै गएको बताए । उनले सरकार राजदूत फिर्ता बोलाउने र आसेपासेहरुलाई नियुक्त गर्ने काममा लागेको भन्दै प्रधानमन्त्री लाई ध्यानआकर्षण गराउदै भने प्रधानमन्त्रीजी, इलेक्सनमा ध्यान दिनुहोस्, राजदूतहरूको सेलेक्शनमा होइन,” भन्दै कडा आलोचना गरे ।
राजदूत फिर्ता प्रकरणमा प्रश्न
भारतका लागि नेपाली राजदूतलाई फिर्ता नबोलाउने निर्णयप्रति पनि उनले प्रश्न उठाउँदै भने, “भारतका लागि राजदूतलाई किन मात्रै जोगाइराखिएको हो? के उनी आरजु राणाको आशीर्वादमा छन् र अहिले सुशीलाजी पनि त्यसकै खातिरदारीमा लाग्नुभएको हो?
ओलीमाथि ‘भाग्ने’ आरोप लगाउँदै
साहले एमाले अध्यक्ष केपी ओलीले आगामी २१ फागुनको निर्वाचनमा भाग नलिने घोषणा गरेर जनताको अदालतबाट भाग्ने प्रयास गरेको आरोप लगाए ।
उनले भने, “ओलीले आफ्नो अपराध ढाकछोप गर्न सिंगो पार्टीलाई दाउमा लगाएका छन्, यो चुनाव भाँड्ने प्रयास हो ।”
त्यस्तै उनले एमालेभित्रको “डबल स्ट्यान्डर्ड” देखाउँदै भने, “एकातिर चुनाव नखेल्ने घोषणा, अर्कोतिर शितलनिवास र निर्वाचन आयोग धाउने यस्तो द्वैधचरित्र नदेखाउनुस् पनि साह ले भने
प्रधानमन्त्री सुशीला कार्कीको सरकार पनि ओलीकै सिफारिसमा
अध्यक्ष साहका अनुसार प्रधानमन्त्री सुशीला कार्की बालेन शाहको प्रस्ताव र केपी ओलीको समर्थनबाट बनेकी हुन् । उनले भने, अब ओलीले यो सरकार असंवैधानिक भन्न मिल्दैन । राष्ट्रपतिले प्रधानमन्त्री बनाउन ओलीकै सिफारिसपत्र सार्वजनिक गर्नुपर्छ ।
साहले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि चेतावनी दिए
साहले प्रधानमन्त्री कार्कीलाई राजनीतिक दलहरूसँग संवाद नगरेको आरोप लगाउँदै चेतावनी दिए, “चुनाव गराउने प्रधानमन्त्रीले दलहरूसँग दुरी कायम राख्नु गल्ती हो । शितलनिवासमा नाटक देखाएर होइन, बालुवाटारमै निर्वाचनको तयारी गर्नुहोस् ।
गृहमन्त्री ओमप्रकाश अर्यालप्रति पनि उनको कडा प्रतिक्रिया थियो । उनले भने, “गृहमन्त्रीजी, म्यान्डेटमा ध्यान दिनुहोस्, मिडियाबाजी र म्यानुपुलेशनमा होइन । गृह प्रशासन अदालतको बहस होइन, जिम्मेवारीको काम हो । अहिले देश संकटको भूमरीमा’छ।
अन्तमा साहले देश अहिले संकटको भूमरीमा फसेको उल्लेख गर्दै सबै दलका न्यायप्रेमी र क्रान्तिकारी शक्तिहरूबीच सहकार्य र मोर्चाबन्दी आवश्यक भएको बताए ।
उनले भने, “कांग्रेस र एमालेमा रहेका असल नेता–कार्यकर्ताहरूले गलत नेतृत्वको पछि नलागेर देशको सार्वभौमसत्ता र स्वाधिनता जोगाउन जुट्नुपर्छ साह ले भने
