वीरगंज । मिति २०८२ साल असोज २९ गते राति करिब १०ः२० बजे सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले अवैध लागुऔषध (गाँजा) सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
शसस्त्र प्रहरीका अनुसार जिल्ला पर्सा, वीरगंज महानगरपालिका १६ भन्सार कार्यालय पछाडिको मन्दिर इलाकामा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट शसस्त्र.प्रहरी. हवल्दार. तेजेन्द्र बस्नेतको कमाण्डमा खटिएको पाँच जनाको टोलीले चेकजाँच गर्ने क्रममा उक्त व्यक्ति पक्राउ परेको हो।
चेकजाँचको क्रममा भारत पटना निवासी ७० वर्षीय ब्रम्ह सहनीलाई रोकि तलासी गर्दा, उनले बोकेको झोलामा प्लास्टिक र टेपले बेरि लुकाइछिपाइ ल्याइएको करिब ६ किलोग्राम गाँजा लागु औषध फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।
फेला परेको लागुऔषध सहित पक्राउ परेका सहनीलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, पर्सामा आवश्यक कारवाहीको लागओ बुझाईएको सशस्त्र प्रहरी बल १३ नं.गण का सुचना अधिकारी शसस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएको छन।
