सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा पर्साबाट खटिएको टोलीले भन्सार छली ल्याइएका सामान तथा सवारी साधन नियन्त्रण गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरीले वीरगंज महानगरपालिका–१४ गण्डक चोक नजिक भारततर्फबाट अबैध रूपमा भन्सार छलि ल्याइँदै गरेको रु. २,९५,१४५ बराबरका सामान र BR22N 1080 नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। उक्त मोटरसाइकलका चालक व्यक्ति भने प्रहरीले देखेपछि फरार भएको बताइएको छ।
त्यसैगरी, गण मातहतको बि.ओ.पि. अमरपट्टीबाट खटिएको टोलीले पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४ अमरपट्टी स्थित स्थानमा भारतबाट अबैध रूपमा ल्याइँदै गरेको रु. २०,०००।– बराबरको कम्प्युटर मोनिटर समेत नियन्त्रणमा लिई आजै बीरगंज भन्सार कार्यालय, पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ।
यस कार्यवाही सम्बन्धी जानकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कार्की, सूचना अधिकारीले प्रदान गरेका हुन्।
