काठमाडौं । सोमबारको तुलनामा आज एक तोला सुन दुई हजार ३०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई लाख ३५ हजार ४०० कायम भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । सोमबार एक तोला चाँदी रु दुई हजार ९६० मा खरिदबिक्री भएको थियो ।
