काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला एक हजार १०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूलय प्रतितोला दुई लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ। शुक्रबार तोलाको २५ सय ८० रूपैयाँमा किनबेच भएको चाँदी आज २६ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
