रौतहट । बाराको इलाका प्रहरी कार्यालय सिमराले लागुऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। आज बिहान ७ः३० बजे जिल्ला जितपुर सिमरा उपमहा नगरपालिका १ पूर्वटोलमा ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको असई राजहरण यादवको टोलीले पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको विआर ०५ एम ७७१८ नम्बरको भारतीय मोटरसाइकललाई चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उक्त मोटरसाइकलको ट्याङ्की मुनी फल्स बटम बनाई लुकाइ–छिपाई ल्याइएको करिब ५ किलो गाँजा फेला परेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताएका छन् ।
उक्त गाँजासहित जितपुर सिमरा ११ खेस्रोल बस्ने २० वर्षीय मुना यादवलाई नियन्त्रणमा लिइएको एसपी तामाङले जानकारी दिएका छन् । बारा प्रहरीका अनुसार पक्राउ परेका युवकलाई आवश्यक कारबाही तथा थप अनुसन्धान भइरहेको छ ।
