काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
मङ्गलबार सुन प्रतितोला दुई लाख पाँच हजार ९०० मा कारोबार भएको थियो । आज प्रतितोला दुई हजार रुपैयाँले बढेको हो । चाँदीको मूल्य प्रतितोला पाँचले घटेर दुई हजार ४८० कायम भएको छ ।



