काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन २८ गते हुने जानकारी दिनुभयो । उहाले निर्वाचन कार्यक्रम प्रकाशन गर्न संसद सचिवालयलाई निर्देशन दिनुभयो । उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिनुभएको थियो ।
