काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना श्रावणमा मात्रै ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ६८,११० जना ले श्रम स्वीकृति लिएका छन्। तीमध्ये ५८,९४८ पुरुष र ९,१६२ महिला रहेका छन्। महिलाको हिस्सा करिब १३।४५ प्रतिशत मात्र रहेको विभागको तथ्यांकले देखाउँछ।
श्रम स्वीकृति लिनेहरूमध्ये ३१,८३० जना म्यानपावर कम्पनीमार्फत विदेशिएका छन् भने २३,६४४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। त्यस्तै ११,७७२ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन्। सरकार–सरकार ९न्द्दन्० प्रक्रिया मार्फत कोरिया, इजरायल र बेलायत जानेको संख्या ८६४ छ।
यसैबीच विभागमा श्रावण महिनाभर ५८० उजुरी दर्ता भएका छन्। तीमध्ये ७४ वटामा मिलापत्र गरिएको छ भने २६ मुद्दा अदालतमा पुगेका छन्। पीडितहरूका लागि सो अवधीमा ३ करोड ५३ लाखभन्दा बढी क्षतिपूर्ति असुल गराइएको विभागले जनाएको छ।
