काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुन तोलामा १३०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार बिहीबार छापावाल सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सोही सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम थियो।
यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार २९० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
