काठमाडौं । सुनचाँदीको मूल्यले घट्ने क्रमको निरन्तरता पाएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य १ लाख ९३ हजार ५ सय रहेको छ । त्यसो त मंगलबार सुनको मूल्य १ लाख ९५ हजार १ सय रहेको थियो । आज सुन तोलामा एकैपटक १ हजार ६ सयले गिरावट आइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि एकैपटक ४५ रुपैयाँको गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य २ हजार ३ सय रहेकोमा आज मूल्य गिरावट आइ २ हजार २ सय ५५ कायम भइ कारोबार भइरहेको हो ।
