सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ । चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचाररत साहको बुधबार बिहान निधन भएको गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले जानकारी दिइन्।
जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट निर्वाचित साह करिब तीन वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेका थिए। पारिवारिक स्रोतका अनुसार उहाँका दुई छोरा र तीन छोरी छन् ।
२०७९ साल वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा साह जसपाबाट वडाध्यक्ष पदमा विजयी भएका थिए। उहाँको निधनले गाउँपालिकासहित स्थानीय राजनीतिक क्षेत्रमा शोकको छायाँ परेको छ ।
