जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्का को निर्देशनमा सर्लाही जिल्लाको सम्पूर्ण नाकाहरुबाट व्यापक रुपमा संस्थागत तस्करी सुरु भएको समाचार हरु प्राप्त हुन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही को भारत संग जोडीएको इलाका प्रहरी कार्यालय गम्हरीया, डुमरीया इलाका प्रहरी कार्यालय बालारा, प्रहरी चौकी अनौका, मधवनी गांव , बारा उधोरंग, छन्की टोला , भारसर चौकी , खोटौना, गोरख काली भंसार , त्रिभुवन नगर पारस, नारायणपुर लगायत का प्रहरी चौकीबाट दीनहु लाखौंको तस्करी भइरहेको प्रत्यक्ष दशीहरु बताउछन ।
त्यस्तै इलाका प्रहरी कार्यालय संग्रामपुर र इलाका प्रहरी कार्यालय सिमरा बाट पनि तस्करी भईरकेको छ । तस्कर र प्रहरी बीच काण्डै काण्डले बदनाम रहेको सर्लाही जिल्ला मा प्रहरी उपरिक्षक खडका ले वडो चलाखी पूर्वक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नवलपुरमा दरवन्दी रहेका पसनि राम प्रवेश यादव लाई आर्थीक संकलन गर्न आफ्ना प्रमुख घुमुवा नियुक्त गरेका छन ।
घुमुवा प्रसनि यादव आफु तत्कालीन चितवन का एस पी हाल प्रहरी महानिरिक्षक दिपक थापा को चितवन मा घुमुवा बसेको कारण आफुलाई केही गरे पनि केही न हुने दावी अहिले प्रमाणीत भएको छ ।
केही दिन अगाडी “सर्लाही जिल्लामा नुन देखि सुन सम्म को तस्करी” सिर्सक मा हामीले समाचार चलाएका थियौ र त्यस तस्करी को सम्पूर्ण रकम संकलन गर्ने प्रसनि राम प्रवेश यादवको नाम उल्लेख गरेका थियौ त्यस प्रश्चात प्रसनि यादव लाई प्रहरी प्रधान कार्यालय प्रशासन महा शाखा ले २०८२÷०३÷१७ गते प्रसनि राम प्रवेश यादव संग केही कुरा बुझनु पर्ने भएकोले आवश्यक सर समान सहित कार्यालय पोसाकमा मिती २०८२÷०३÷१८ गते विहान १० बजे यस महाशाखा को च.न. ४८४० को पत्र बाट उपस्थिती गराएको थियो तर प्रसनि यादव सर्लाही का प्रहरी उपरिक्षक खड्का को र प्रहरी महानिरिक्षक को आशीर्वाद पाएकै कारण एक हप्ता न बित्दै पुनः सर्लाही जिल्ला पुगी आफ्नो आर्थीक संकलन को कामलाई निरतन्तरता दिएर आफ्नो प्रहरी को माथील्लो निकाय मा पहुच रहेको प्रमाणीत गरेका छन ।
सर्लाही जिल्ला मा अहिले नेपाल बाट भारी मात्रामा हेटौडाको हाईवे बाट र सिन्धुली बाट पथरकोट चौकी हुदै भारी मात्रामा लागुअषौधी भारत जाने गर्छ ।
त्यस्तै सर्लाही को विभिन्न नाका हुदै नेपालबाट गाई वस्तु चाइनिज फौरन गुडस , कवाड र रक्शी को भारी मात्रामा तस्करी हुन्छ ।
त्यस्तै भारतबाट कपडा शुखा सुर्ती , किराना का समानहरु हार्डवेयर समानहरु भारतीय कुखुरा तथा इलेक्ट्रोनिक समानहरुको तस्करी भई नेपाल आउने गर्छ यसरी यो तस्करी बाट मात्र राज्य को दिनहु लाखौ को राजस्व चुहावट हुँदा पनि सम्बन्धीत निकाय मौन बस्नु ले पनि यो तस्करी लाई संस्थागत को संज्ञा दिदा हुन्छ । यस सम्बन्धमा सर्लाही का प्रहरी उपरिक्षक खडका संग सम्र्पक गर्दा सम्पर्क हुन सकेन ।



