काठमाडौं । आज चार घण्टा नेपाल प्रहरीको हटलाइन नम्बर १०० को सेवा अवरूद्ध हुने भएको छ । बुधबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म काठमाडौंमा १०० नम्बरको फोन नलाग्ने भएको हो । नेपाल प्रहरीका अनुसार प्राविधिक मर्मत सम्भार गर्नुपर्ने भएकाले सेवा अवरूद्ध गर्न लागेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको भद्रकालीस्थित नवनिर्मित प्रहरी परिचालन कक्षबाट उक्त कन्ट्रोल सञ्चालन हुँदै आएको छ । यसबीचमा प्रहरीलाई सम्पर्क गर्नुपरेमा प्रहरी कन्ट्रोल रूमको ९८५१२८३०२६ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
त्यस्तै ट्राफिक कन्ट्रोलको लागि १०३ र ९८५१२९५१०० मा सम्पर्क गर्न सकिनेछ । जिल्ला प्रहरी परिसर काठमाडौंमा ९८५१२८३०१२, ललितपुरमा ९८५१२८३०१७ र भक्तपुरमा ९८५१२८३०२० मा सम्पर्क गर्न सकिनेछ ।



