साउन १० रौतहट । रौतहटको राजपुरमा लामो समयदेखि वर्षा नहुँदा राजपुर नगरपालिकाका केही वडामा चापा कलहरू सुक्न थालेका छन् । पानीको चरम अभावसँगै सर्वसाधारण दैनिक जीवनमा कठिनाइ भोगिरहेका छन् ।
यसै सन्दर्भमा राजपुर खानेपानी बोर्डले आपतकालीन अवस्थामा पनि खानेपानी आपूर्तिलाई निरन्तरता दिन तीव्र गतिमा कार्य अघि बढाइरहेको छ। आवश्यक सामग्री, प्राविधिक जनशक्ति र वैकल्पिक स्रोत परिचालन गर्दै वडागत रूपमा वितरण प्रणालीलाई बलियो बनाइँदै छ।
यही संकटको घडीमा राजपुर नगरपालिकाका नगर प्रमुख राजीक आलमले केन्द्र तथा प्रदेश सरकारसँग तत्काल राहत घोषणा गर्न हार्दिक अपिल गरेका छन्। “यो महाविपत्तिको बेला हो जनप्रतिनिधिहरु ले दाईत्व निर्बाह गर्ने बेला यही हो । हाम्रो प्राथमिक आवश्यकता पानी हो। त्यसैले संघीय र प्रदेश सरकारको सहयोग अपरिहार्य छ, मेयर आलमले बताए।
राजपुर नगरपालिका खडेरीको असरबाट सर्वाधिक प्रभावित पालिकामध्ये एक हो। यस्ता चुनौतीहरूको सामना गर्न सरकारको सहकार्यमा दिगो समाधान खोज्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ।



