काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा स्पेन भ्रमणसम्बन्धी जानकारी दिने भएका छन् ।विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणका अनुभव र उपलब्धिबारे संसदलाई जानकारी गराउने कार्यक्रम रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जनाएका छन्।
सप्ताहव्यापी भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका समकक्षी, संयुक्त राष्ट्रसंघका महासचिवलगायतका उच्च dignitaries हरूसँग भेटवार्ता गरेका थिए । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ ।
