काठमाडौं । नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।
नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि जितेको थियो ।सिंगापुरले जितका लागि दिएको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा भेटेको थियो ।
