बीरगंज । सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा मिति जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको प्रहरी टोलीले निम्न उल्लेखित स्थानहरूबाट हुण्डी कारोवारमा संलग्न ब्यक्ति हरु पक्राउ गरेका छन्।
देहाय बमोजिमका व्यक्तिहरूलाई स्रोत नखुलेको हुण्डी रकम सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सा मा ल्याइ निजहरू विरुद्द मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को ९क० बमोजिम ९ हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा सम्मानित पर्सा जिल्ला अदालतबाट दिन-५ ( पाँच ) म्याद थप अनुमति लिइ थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता नायब उपरीक्षक किसोर लम्साल द्धारा जानकारी ।
पक्राउ पर्ने ब्यक्ति हरु
१. जिल्ला पर्सा पकाहामैनपुर गा.पा.वडा नं.२ बस्ने वर्ष २६ को अनिल कुमार बर्णवाल ।
पक्राउ स्थानःजि।पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१० मकालु चोक ।
उनको साथबाट बरामद रकमःकालो ब्यागभित्र लुकाइ छिपाइ राखिएको रु.९,४७,०००.– ९ रु.१००० दरका नोट(३२८ थान, रु.५०० दरका नोट(१२१८ थान र रु १०० दरका नोट( ३०० गरी जम्मा रु.९,४७,०००.– अक्षरेपी नौ लाख सड्चालीस हजार )
२. जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.३ आदर्शटोल बस्ने वर्ष २३ को बिनित कुमार श्रीवास्तव ।
पक्राउ स्थानःवीरगञ्ज म.न.पा.वडा नं.८ कृषी बिकास बैंक लिंकरोड ।
साथबाट बरामद रकमः कालो झोलामा लुकाइ छिपाइ राखिएको रु.१००० दरका नोट ९७३ पिस, रु.५०० दरका नोट(१२१६ पिस गरी जम्मा रु।१५,८१,०००.– ( पन्ध्र लाख एकासी हजार )
३. जिल्ला बारा परवानीपुर गा.पा.वडा नं.४ बस्ने वर्ष ४४ को दिपक कुमार सोनार ।
पक्राउ स्थानःजि.पर्सा वी.म.न.पा.वडा नं.१६ रजतजयन्तीचोक ।
साथबाट बरामद रकमः ना.१६ प २३२८ नम्बरको सुपर स्पलेण्डर मो.सा.मा सवार दिपक कुमार सोनारले लगाएको पाइन्टको खल्तीबाट रू.१००० दरका नोट(२०० पिस, रू.५०० दरका नोट(१०० पिस गरी जम्मा रु ३,००,००० .– ( तीन लाख )
