वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको ठुलो परिमाणमा ट्रक र बसको टायरसहित ट्याक्टर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त टोलीले अवैध रुपले भित्राएको करिब १३ लाख ६०हजार रुपैया बराबरको ट्यार सहित ट्याक्टर प्रकाऊ गरेको हो ।
वीरगञ्ज महानगरपालिका वडा नं.२१ परवानीपुर चौकी स्थित सडकखण्डमा खटिएको नियमित चेकिङ टोलीले ना.६ त ४१२९ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र र आवशयक कागजातहरु साथ नरहेको भन्सार छली गरि भित्राएको बस, ट्रकका टायर थान-१८ (अठार ) पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
पक्राउ परेको टायर सहित ट्याक्टर आवशयक कार्यबाहीको लागि भन्सार कार्यालय वीरगञ्ज मा बुझाएको एसपी मिश्रले जानकारी दिए ।
