वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा बिगत जेष्ठ २२ गते बाट शुरु भएको ट्राफिक सप्ताह कार्यक्रम सम्पन्न भएका छन । एक सातासम्म सञ्चालन गरिएको सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जन चेतनामूलक सप्ताह कार्यक्रम २०८२ भव्य रुपमा सम्पन्न भएको छ ।
ट्राफिक सप्ताहको समापन कार्यक्रम विशेष अतिथि, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विद्यालयका विद्यार्थीहरुको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो।
कार्यक्रमका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख मेयर राजेशमान सिंह को प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएका हो । विशिष्ट अतिथिका रुपमा उपमेयर ईम्तियाज आलम, श्री श्री जंगका वीरगञ्ज प्रमुख निराजन कटुवा, जिल्ला प्रशासन कार्यालय का सहायक प्रमुख अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पत्रकार महासंघ वीरगञ्ज अध्यक्ष ओम प्रकाश खनाल, उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरी गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, शस्त्र प्रहरी बल १३ नं गणका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, महानगर प्रमुख प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्ण, वडा अध्यक्ष जवाहर गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता नायब उपरीक्षक किशोर लम्साल, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रको अध्यक्षता भएको थियो । स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.ना.नि. लोकराज भट्टले गरेका थिए । कार्यक्रम संचालन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ सई गुणनिधि खकुरेलले गरेका थिए ।
कार्यक्रम अन्तर्गत सात दिनसम्म विभिन्न सचेतनामूलक गतिविधिहरु जस्तै ट्राफिक नियम सम्बन्धी सचेतना र्याली, विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम, सडक प्रयोगकर्ताहरुलाई पर्चा वितरण, पोस्टर क्याम्पेन, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँच लगायतका कार्यक्रमहरु सञ्चालन गरिएका थिए।
कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको उल्लेखनीय सहभागिता रहेको थियो । साथै, विभिन्न सञ्चार माध्यमका पत्रकारहरुको उपस्थिति र समाचार संप्रेषणले कार्यक्रमको प्रभावकारिता अझ बढाएको थियो ।
यस किसिमका जनचेतनामूलक कार्यक्रमहरुले सडकमा सुरक्षित यात्राको संस्कृति निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउने सहभागीहरुले बताएका छन् । समापन अवसरमा सहभागी अतिथिहरुले ट्राफिक प्रहरीको प्रयासको प्रशंसा गर्दै, आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमको अपेक्षा पनि व्यक्त गरेका थिए।
