वीरगञ्ज । अं ०४ः४० बजेको समयमा जि.पर्सा पकहामैनपुर गाउँपालिका ४ खेसराहा स्थित रामाशंकर गिरिको गोठमा बिधुत सर्ट भई आगलागि हुदा करिब सात लाख बराबरको क्षति भएको छ ।
घर र गोठ जलि नष्ट भएको उक्त आगो दमकल प्रहरी र स्थानियहरुको सहयोगमा अ. ७ः३० बजेको पुर्णरुपमा नियन्त्रणमा आएको तथा कुनै मानबिय क्षति नभए पनि लताकपडा अन्नपात भैसी पाडो जलि जस्ता जनधनको क्षतिभएको हो ।
क्षतिका बिबरणहरु १.जि.पर्सा पकहामैनपुर गा.पा. ४ बस्ने रामाशंकर गिरीको फुसको गोठ र फुसको बस्ने घर गरि २ ओटा घर पुर्ण रुपले जलि नष्ट भएको छ। उक्त घरमा रहेको अन्नपात , लताकपडा गरगहना गरि अं. मु.रु. ७,००,०००।- सात लाख बराबरको र निजकै भैसी रपाडो एक एक थान जलि घाईते भएको छ ।
साथै छिमेकी को घरमा बसेको .ऐ.ऐ. बस्ने दरोगा गिरीको फुसको गोठ र बस्ने घर पुर्णरुपमा जलि नष्ट भएको उक्त घरमा रहेको धान गंहु, काठ , भडाकुडा र गरगहना गरि अं. मु.रु. ७,५०,०००।- सात लाख पचास हजार बराबरको समान जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रबक्ता नायब उपरीक्षक किसोर लम्सालले जानकारी दिए ।
