काठमाडौं । सोमबार सुनको मुल्य तोलामा ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि मुल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।
यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको भाउ स्थिर छ । केही दिनयता प्रतितोला २ हजार ५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।
