जनकपुर । सघन सहरी तथा भवन निर्माण आयोजनाका एक इन्जिनियर ५ लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले बिहीबार उनीलाई भक्तपुरको एक रेस्टुरेन्टबाट रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्ने इन्जिनियर महोत्तरी, भंगहा नगरपालिका–२ निवासी ४२ वर्षीय सन्तोष कुमार यादव हुन्, जो हाल मध्यपुर ठिमी नगरपालिका–१, लोकन्थलीमा बसोबास गर्दै आएका छन् ।
यादवमाथि खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा अनावश्यक झन्झट र बहाना गर्दै सेवाग्राहीलाई दुःख दिने र त्यसकै सट्टा घुस मागेको आरोप लागेको छ । प्राप्त सूचनाका आधारमा अख्तियार टोलीले भक्तपुरको रेस्टुरेन्टमै पुगेर उनलाई नगदसहित पक्राउ गरेको हो ।
