काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६ सयले बढेको छ । महासंघका अनुसार आज सुन तोलाको एक लाख ९२ हजार २ सय कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्यमा भने घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
