काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १२:१५ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ ।
बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी रहनेछ । राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आजको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रमप्रति समर्थन वा सुझावसहित आफ्ना धारणा राख्नेछन् । छलफलपछि सरकारको जवाफ तथा प्रतिकृया आउने अपेक्षा गरिएको छ ।
