काठमाडौं । स्थानीय बजारमा सुनको भाउ फेरि उकालो लागेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनमा ५ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको थियो ।
आज पाँच सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८४ हजार ६०० पुगेको छ। यसदिन चाँदीको मूल्य स्थिर छ। एक तोला चाँदी १९ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि सोही मूल्यमा चाँदी खरिदबिक्री भएको थियो।
