काठमाडौं । बुधबार एकैदिन ७५ सय रुपैयाँले घटेको सुनको मूल्य बिहीबार सामान्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले वृद्धि भएको हो ।
बुधबार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार १ लाख ९० हजार ६०० रुपैयाँमा पुगेको छ । यस्तै, चाँदीको मूल्य पनि बिहीबार उकालो लागेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँमा कायम रहेको चाँदी बिहीबार बढेर २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
