काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि कुनै खतरा नरहेको बताउनुभएको छ । आइतबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले अहिले नै गणतन्त्रमाथि गम्भीर खतरा आयो भनेर सोच्न जरुरी नरहेको र गणतन्त्रमाथि कुनै खतरा नरहेको बताउनुभएको हो ।
अहिले दलहरु गणतन्त्रको रक्षाका लागि एक हुनैपर्ने नत्र गणतन्त्र खतरामा पर्ने भन्ने भाष्य ठीक नरहेको उहाले बताउनुभयो । यद्दपी गणतन्त्रका बिषयमा दलहरुबीच कुनै बिमत्ति नरहेको उहाको भनाइ छ । त्यस्तै प्रचण्डले ठूलो दलको हैसियतले कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुको समर्थन रहेपनि भ्रष्टाचारको मुद्दामा भने कुनै समर्थन नहुने स्पष्ट पार्नुभयो ।
उहाँले अहिलको गठबन्धन संविधानको भावना बिपरित भएकाले गठबन्धनलाई समर्थन गर्ने चर्चा गलत भएको बताउनुभयो । प्रचण्डले संविधान र कानुन अनुसार पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई पुनः राजनीति र्फकन कसैले नरोक्ने भएकाले जिकिर गर्नुभयो । उपराष्ट्रपति नन्द किशोर पुन पार्टीमा क्रियाशिल हुन इच्छुक देखिएपछि पार्टीको जिम्मेवारीमा फर्किएको उहाको भनाइ छ
